किरण शिवाकोटी, हेटौडा ः बागमती प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गतेबाट सुरु हुने भएको छ । प्रदेश सरकारले बैशाख ३१ गतेबाट सुरु हुने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको बिहिवार बसेको बैठकले प्रदेश सभाको अधिवेशन बैशाख ३१ गते दिउँसो एक बजे आह्वान गर्ने निर्णय गरेको सराकारका प्रबक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । साथै बैठकले बागमती प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय भक्तपुरमा स्थानान्तरण गर्ने लगायतको निर्णय गरेको प्रबक्ता श्रेष्ठको भनाई रहेको छ ।
Be the first to comment on "बागमती प्रदेशको बजेट अधिवेशन बैशाख ३१ बाट"