चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा आज देखि जिरी महोत्सव सुरु भएको छ । महोत्सवको नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नु भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको महोत्सव देखि बैशाख २ गतेसम्म दोस्रो जिरी महोत्सव चल्ने छ । जिरीको पर्यटन तथा स्थानीय उत्पादनहरुको प्रबर्धनका लागि महोत्सवको आयोजना गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनको विक्री वितरण, स्थानीय संस्कृतिको अवलोकन गर्नाका साथै जिरेललगायत स्थानीय जातजातीका खानाका परिकारको स्वाद लिन व्यवस्था गरिएको छ । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकिहरु प्रदर्शन गरिनाका साथै बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ । जिरीनगरका च्योर्दुङ, हनुमन्ते, स्टोन पार्क,बुुद्ध पार्क लगायतका महत्वपूर्ण गन्तब्यहरु समेत प्याकेज महोत्सवको अवसरमा घुम्न सकिने आयोजकको भनाई रहेको छ ।
जिरीमा आज देखि जिरी महोत्सव सुरु
Posted By: दीक्षण दैनिक २३ चैत्र २०८०, शुक्रबार १७:२७
१० मंसिर २०८१, सोमबार १९:२१
२०८१ मंसिर १० गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "जिरीमा आज देखि जिरी महोत्सव सुरु"