सहकारीबारे बृहत छलफल गर्दै तामाकोशी गाउँपालिका

चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत सहकारीहरुको अवस्था र भूमिकावारे विस्तृत छलफल गर्न सरोकारवालाहरुलाई बोलाएको छ । गाउँपालिकाले माघ २१ गते छलफलका लागि सरोकारवालाहरुलाई बोलाएको छ ।
तामाकोशी गाउँपालिकाको सहकारी प्रवर्धन, विकास तथा नियमनका साथै हाल सहकारी क्षेत्रमा देखिएका समस्या तथा समाधानका उपाय सम्बन्धमा छलफल गर्न सरोकारवालाहरु सँग बृहत छलफल कार्यक्रमको आयोजना गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिप्रसाद शर्मा वाग्लेले जानकारी दिनुभयो । छलफलमा तामाकोशी गाउँपालिका भित्र सूचिकृत सहकारी संस्थाहरुका अध्यक्ष, कोषाध्यक्ष र ब्यवस्थापकलाई अनिवार्य उपस्थितीका लागि आग्रह गरिएको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "सहकारीबारे बृहत छलफल गर्दै तामाकोशी गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*