गण्डकी, ८ माघ : सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थाल्नुभएको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा रु तीन÷तीन हजारमा दुुईवटा मौरीका घारबाट सुरु गरेका उहाँसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुुभव छन् । अनुुहार भरी मौरीलाई राखेको उहाँको तस्बिर सन् २०१६ मा राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चारमाध्यममा स्थान पाएको थियो । आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनुु नपर्ने बताउनुुभयो । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहनुुभएका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाउनुुभएको छ । प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम हुनुभएको छ । त्यस्तै द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बन्नुुभयो । पोखरा–३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बन्नुुभएको थियो । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुुई मिनेट आठ सेकेन्ड र दुुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी हुनुभएको थियो । विजयीलाई महानगरको वडा नंं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गर्नुभएको थियो । प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो । नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको जनाउँदै उहाँले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताउनुुभयो । उद्योगमा महको माग अत्यधिक रहेको बताउँदै उहाँले प्रतिकिलोग्राम रु एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिनुुभयो । वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उहाँले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिनुुभयो । महबाटै परिवारको पालनपोषण, पठनपाठनका साथै पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सकेको उहाँले बताउनुुभयो । –––
मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम
Posted By: दीक्षण दैनिक ८ माघ २०८०, सोमबार १४:०२
३ माघ २०८१, बिहीबार १८:३१
कांग्रेससँग सत्ता साझेदारी चुनावसम्मै रहनेछ ः एमाले सचिव भट्टराई
३ माघ २०८१, बिहीबार १९:३१
२०८१ माघ ३ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
सुनचाँदीको मूल्य बढ्यो
३ माघ २०८१, बिहीबार १८:४३
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ
३ माघ २०८१, बिहीबार १८:३८
Be the first to comment on "मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम"