अपाङ्गता समाबेसी विकास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

चरिकोट (दीस) ः स्थानीय तहमा अपाङ्गता समाबेसी विकास सम्वन्धी सरोकारवाला निकायसँग एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजनामा तथा भीमेश्वर नगरपालिकाको सहयोगमा चरिकोटमा शनिबार सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरु अपाङ्गतामैत्री हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागिहरुले आफ्नो कार्यालयमा अपाङ्गमैत्री संरचना निर्माण गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा जनाइएका प्रतिवद्धतालाई पुःन दुई महिनापछि समिक्षा गरिने सहमति भएको अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाका सचिव मखन पाण्डेले जानकारी दिनु भयो । सरोकारवाला निकायसँग संघले अपाङ्गता सम्बन्धी मुद्वामा पटक पटक छलफल गर्ने गरेको र त्यस्ता कार्यक्रममा सरोकारवालाहरुले कार्यान्वयन गर्ने प्रतिवद्वता जनाउने गरेको भएपनि कार्यान्वयनको पाटो भने फितलो हुने गरेको उहाँको भनाई रहेको छ । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा भएको कार्यक्रममा भीमश्वर नगरपालिकाका प्रतिनिधी , बैँक तथा वित्तिय संस्थाका प्रतिनिधी , संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "अपाङ्गता समाबेसी विकास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*