दोलखामा दुग्ध पदार्थको मुल्य परिमार्जन

चरिकोट(दीस)ः दोलखा दुग्ध उद्योगले उद्योगद्वारा उत्पादित दुग्धपदार्थको मूल्यमा परिमार्जन गरेको छ । पुष ६ गतेबाट लागु हुनेगरी उद्योगले मुल्य परिमार्जन गरेको हो ।
उद्योगको पौष ५ गतेको निर्णय अनुसार दुग्ध जन्य पदार्थको मूल्यमा परिमार्जन गरिएको दोलखा दुग्ध उद्योगले जानकारी दिएको छ । परिमार्जित मूल्य सूचि अनुसार प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर एकसय रुपैयाँ कायम गरिएको छ । यसैगरी प्याकेटको दही प्रतिलिटर १३०, बट्टाको दही प्रतिलिटर १६०, ध्यु एघार सय एमएल को ११००, मक्खन प्रतिकेजी ९५०, पनिर प्रतिकेजी ८०० तथा पेडा प्रतिकेजी ९७५ रुपैयाँ कायम गरिएको उद्योगको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा दुग्ध पदार्थको मुल्य परिमार्जन"

Leave a comment

Your email address will not be published.


*