लप्चीवासीलाई सधैँ त्रास

चरिकोटः बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरका वडाध्यक्ष मेम्बा तमाङ भन्नुहुन्छ, “केही महिना अगाडी सरकारले चीनसँगको नाका खोल्यो । हामी यहाँका नागरिक बेस्सरी खुसी थियौं तर अहिले चिसोले लप्ची नाकाको आसपासका नागरिक बसाईसराई गरिरहेका छन् । चिसोबाट बच्च लेकबाट बसाई सर्ने चलन त यहाँको पुरानै हो ।” सदरमुकाम चरिकोटमा नागरिकको गुनासो मात्रै नभएर आफ्नो समेत गुनासो पत्रकार समक्ष सुनाउँन आएको भन्दै अध्यक्ष तमाङले भन्नुभयो, “ चिसोबाट बच्न र चाँैरी चरणकोलागि हिउँदे मौसममा बसाई सर्न बाध्य तिब्बतसंग सिमा जोडिएको दोलखाको लप्चीका वासिन्दालाई चितुवा र भालुबाट खाद्यान्न तथा घरपालुवा पशु मात्रै हैन बालबालिका र बृद्ध बुुवाआमा जोगाउनै मुश्किल भएको छ ।” चीनको तिब्बतसंग सिमाना जोडिएको दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लप्चीका वासिन्दा मंसिरको पहिलो साताबाट चिसोमा जोगिन र चौरीको लागि चरणक्षेत्रको खोजि गर्दै वडा नम्बर १ कै लुम्नाङ झर्ने गर्छन् । बसाई सराईको क्रममा भालु तथा चितुवाले आक्रमण गरी धेरै चौरी र घोडा मार्ने गरेको, मान्छेलाई नै झम्टिने गरेको वडा अध्यक्ष मेम्बा तमाङले बताउनु भयो । भालुले बृद्धबृद्धा र बालबालिका मात्र भएको लप्चीका घरमा पसेर खाद्यान्न समेत खाईदिएको र लखेट्न खोज्दा उल्टै मानिसलाई नै झम्टप्ने गरेको अध्यक्ष तामाङको भनाई रहेको छ ।
कोरोना पछि यो बर्षको दशै तिहारबाट चीन सरकारले तिब्बतसंगको नाका खोलिदिएपछि लप्चीका स्थानीयले चौरी, चौरीको बाच्छा, चौरीको घ्यु, छुर्पी बिक्रि गरेर त्यताबाट केही महिनालाई पुग्ने खाद्यान्नका सामग्रीहरु जोहो गरेपनि बसाई सर्ने क्रममा किनमेल गरेका सामाग्री केहि बाँकी नराखिदिने र बुढा बुढी बालबालिकाको ज्यानै लिने त्रासमा बस्नुपर्ने अबस्था भएको स्थानिय कर्मा शेर्पा बताउँनुहुन्छ ।
यहाँका नागरिकले बसाईसराई गरेको बखत घर कुरुवालाई ज्याला दियर राख्नु पर्ने अबस्था भएको शेर्पाले दुखेसो गर्नु भयो । लप्चीका घरहरुमा रहेका खाद्यान्नका सामग्री भालुले खाईदिएको छ । हिउँदमा युवाहरु चौरी खेद्दै लुम्नाङ झर्नुपर्ने र लप्चीको घरमा बुढा– बुढी तथा केही कुरुवाहरु मात्र रहने भएपछि भालुले दुखदिने गरेको स्थानीय तेम्बाछिरि शेर्पाले बताउनु भयो । लप्ची क्षेत्रमा केहि संख्यामा भालु देखिएको र त्यसको आक्रमणबाट घरपालुवा पशु तथा चामल, तेल, स्योस्यो जस्ता खाद्यान्न जोगाउन मुश्किल परेको शेर्पाको भनाई छ ।
विगुको वडा नम्बर १ लप्चीमा ४६ घरधुरी र झण्डै एक सय ५० जनसंख्या रहेको छ । उनीहरु मध्य चौरी पालन गर्ने झण्डै १४ घरधुरीका वासिन्दा मंसिरदेखि चैत्र महिनासम्म वडा नम्बर १ मै पर्ने लुम्नाङमा बसाई सर्ने गर्छन् । गौरीशङ्कर संरक्षण क्षेत्रले जङ्गली जनावरले हानी नोक्सानी पु¥याए क्षेतिपूर्ती दिने व्यवस्था गरेको भएपनि संरक्षण क्षेत्रको कार्यालय र आफुहरु बस्ने ठाँउ निक्कै टाढा रहेकोले समयमै आवश्यक कागजात पु¥याउन नसक्दा समस्या हुनेगरेको शेर्पाले बताउनु भयो । यहाँ लप्चिगुम्बा पनि रहेको तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको तथा लामाहरु गुफा बस्ने स्थान पनि हो । लप्ची गुम्बामा १२० जना लामाहरु ध्यान समेत गरिहेको वडा अध्यक्ष तामाङले बताउनुभयो । तमाङका अनुशार लप्ची गुम्बा ध्यान गर्न आउने र गुफा बस्ने धर्मगुरुहरुलाई समेत जंगली जनावरबाट असुुरक्षा महसुुस हुने थालेका बताउनुु हुन्छ । उहाँले बन्यजन्तु संरक्षणका नाममा नागरिकहरु त्रासमा बाँच्नुपरेको बताउनुभयो ।

Shares

Be the first to comment on "लप्चीवासीलाई सधैँ त्रास"

Leave a comment

Your email address will not be published.


*