महेन्द्रनगर (कञ्चनपुर), २८ मङ्सिरः कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हँुदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९÷८० मा कञ्चनपुरमा दुई हजार पाँच सय २२ जना महिलाले यो सेवा लिएको बताउनुभयो । कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतन लगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका मेडिकल बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको वृद्धि भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरमा अनुसार चालु आर्थिक वर्षको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । “ मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको देखिन्छ ।” सूचना अधिकृत कार्कीले भन्नुभयो “कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थामा यो सेवा तोकिएको छ ।” त्यसैगरी नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालय प्रमुख उद्धव भट्टले पनि पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताउनुभयो । “पहिलो निश्चित ठाउँमा भएकाले बेला परिवार नियोजन सङ्घमा मासिक एक सय भन्दा बढी सेवाग्राही पुग्थे ।” उहाँले भन्नुभयो“ हामीकहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।” उहाँले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको जनाउँदै आउनेमध्ये अधिकांश औषधिविधि रोज्ने गरेको जानकारी दिनुभयो । कञ्चनपुरमा सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने शतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको बताउनुभयो । “अझै पनि लुकिछिपी अवैध रुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने रहेको बुझिन्छ ।” सूचना अधिकृत कार्कीले भन्नुभयो“अवैध तरिका अपनाउदा ज्यान जोखिममा पर्न पनि सक्छ ।” –––
‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोेखिममा पर्न सक्छ
Posted By: दीक्षण दैनिक २८ मंसिर २०८०, बिहीबार १३:५७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोेखिममा पर्न सक्छ"