चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकले ब्यवसायिक पशुपालनका लागि अनुदान दिने भएको छ । वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ब्यवसायिक पशुपालन कार्यक्रम अन्तर्गत सो अनुदान दिने भएको हो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत लागत साझेदारीमा वडा भित्रका पशुपालन फर्महरु लाई ५० प्रतिशत अनुदान दिइने भीमेश्वर नगरपालिका वडा नम्बर एक का वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । वडा भित्रका छनोटमा परेका नौ वटा फर्महरुलाई ४० हजारका दरले अनुदान उपलब्ध गराईने वडाध्यक्ष थामीको भनाई रहेको छ ।
Be the first to comment on "ब्यवसायिक पशुपालनका लागि अनुदान दिइने"