गाई–भैसीलाई सुत्केरी भत्ता

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले गाई भैसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सो भत्ता दिइने भएको हो ।
गाईं भैंसी पाल्दै आएका कृषकहरुको आयआर्जन बृद्धि गरी स्वरोजगार र दूधमा आत्म निर्भर बनाउन किसानहरुलाई सो भत्ता दिन लागिएको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । सुत्केरी भत्ता प्राप्त गर्न सुत्केरी भएको पशुको अनिवार्य रुपमा विमा गरिएको हुनु पर्ने उहाँको भनाई रहेको छ । गाईं भैंसी पाल्दै आएका कृषकहरुको आयआर्जन बृद्धि गरी स्वरोजगार र दूधमा आत्म निर्भर बनाउन किसानहरुलाई सो भत्ता दिन लागिएको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । सुत्केरी भत्ता प्राप्त गर्न सुत्केरी भएको पशुको अनिवार्य रुपमा विमा गरिएको हुनु पर्ने उहाँको भनाई रहेको छ 

Shares

Be the first to comment on "गाई–भैसीलाई सुत्केरी भत्ता"

Leave a comment

Your email address will not be published.


*