काठमाडौँ, १९ मङ्सिर: बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । निर्वाचनअघि यही मङ्सिर ३० गतेभित्र ‘अनलाइन’ सदस्यता आवेदन भर्न सूचना जारी गरिएको छ । ती निर्वाचन पर्यवेक्षणका लागि विश्व स्काउट सङ्गठन (ओजम) र वाग्सका अन्तरराष्ट्रिय प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ । विसं २०६८ मा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन । विसं २०७० मा तत्कालीन प्रमुख आयुक्तले राजीनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिका आधारमा चल्दै आएको छ । नेपाल स्काउट ऐन, २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन । –––
बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन
Posted By: दीक्षण दैनिक १९ मंसिर २०८०, मंगलवार १४:००
२७ पुष २०८१, शनिबार १९:४४
स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास
२७ पुष २०८१, शनिबार १८:३७
वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक
२७ पुष २०८१, शनिबार १८:१२
प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन
२७ पुष २०८१, शनिबार १८:४२
पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न
२७ पुष २०८१, शनिबार १९:२२
पत्रकार राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान
२८ पुष २०८१, आईतवार १०:०६
Be the first to comment on "बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन"