चरिकोट(दीस)ः आर्थिक अबस्था सामान्य भएका परिवारमा जन्मेका दलित परिवारका एकै घरका तीन सन्तान डाक्टर बन्न सफल हुनु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर चार झ्याँकुका दलित परिवारका तीन जना डाक्टर बन्न सफल भएको हो । आफू डाक्टर बनेपछि भाइवहिनीहरु पनि आफ्नै क्षेत्रमा तानिएको डा. पदम नेपालीले बताउनु भयो । डा. पदम बिडिएस उत्तीर्ण गरेर अहिले हेटौडा हस्पिटल मकवानपुरमा कार्यरत रहनु हुन्छ । उहाँले लोकसेवामा नाम निकालेर स्थायी सरकारी जागिरे हुनु भएको छ । उहाँले सरकारी सेवा सुरु गरेको ७ वर्ष भएको बताउनु भयो । । अहिले उहाँका भाइ गणेश नेपाली चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँकी बहिनी निरमाया नेपाली नेशनल मेडिकल कलेज वीरगंजमा एमबीबीएस अन्तिम वर्षमा नै अध्ययनरत हुनुहुन्छ ।उहाँहरु पनि बिडिएस र एमबीबीएस पास गरी मेडिकल काउन्सील परिक्षा पास गरेपछि डाक्टर हुनु हुने छ । उहाँहरुले गाउँमा रहेको सरकारी विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्नु भएको हो । डा. पदमले शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएर बिडिएस गर्नु भएको थियो । उहाँहरुका भाई र बहिनीले उहाँको जस्तै छात्रवृत्तिमै बिडिएस र एमबीबीएसमा अध्ययन गर्दै हुनु हुन्छ । डाक्टर पदमका अनुसार दुवै जनाले छात्रवृत्तिमा नाम निकालेको कारणमा अध्ययन गर्न सजिलो भएको बताउनु भयो ।परिवारमा रहेका पाँच सन्तान मध्य ३ जना सन्तान डाक्टर भएपछि सो परिवारको गाँउभर चर्चा भएको छ ।
एकै परिवारका तीनजना डाक्टर बन्दै
Posted By: दीक्षण दैनिक १२ मंसिर २०८०, मंगलवार ११:४७
२७ पुष २०८१, शनिबार १९:४४
स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास
२७ पुष २०८१, शनिबार १८:३७
वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक
२७ पुष २०८१, शनिबार १८:१२
प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन
२७ पुष २०८१, शनिबार १८:४२
पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न
२७ पुष २०८१, शनिबार १९:२२
पत्रकार राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान
२८ पुष २०८१, आईतवार १०:०६
Be the first to comment on "एकै परिवारका तीनजना डाक्टर बन्दै"