चरिकोट (दीस) ःनेपाली कांग्रेस दोलखामा महासमिति सदस्यका लागि २२ जनाले उम्मेद्वारी दिनु भएको छ । सोमबार भएको उम्मेद्वारी दर्तामा २२ जनाले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको विधान अनुसार ११ जना महासमितिमा निर्वाचित हुन पाउने व्यवस्था रहेको छ । विधान अनुसार प्रत्यक्षतर्फ ५ जनाको कोटामा ८ जनाले उम्मेदवारी दिनु भएको छ । जसमा भीमेश्वर नगरपालिकाबाट ईश्वर नारायण मानन्धर, जयराम श्रेष्ठ, प्रभुराम श्रेष्ठ र बाबुकाजी बस्नेत, शैलुङ गाउँपालिकाबाट कुमार अधिकारी, ताराबहादुर कोइराला, विगुका खुबराज आचार्य र कालिञ्चोकका सन्तोष पाण्डेले उम्मेद्वारी दिनु भएको निर्वाचन समितिले जनाएको छ । प्रत्यक्षतर्फ २ महिलाको कोटा रहेको छ । जसमा ४ जनाको उम्मेदवारी परेको छ । कालिञ्चोकबाट गीता शिवाकोटी, मेलुङबाट तारा थपलिया, शैलुङकी सुनिता नेपाली र तामाकोशीकी सृजना खड्का सुवेदीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । खस आर्य खुल्लामा एक जनाको लागि भीमेश्वरका दामोदर कार्की, तामाकोशीका पुष्करकुमार खड्का र भवेन्द्रकार्की सहित ३ जनाले उम्मेद्वारी दिनु भएको छ । त्यस्तै महिलातर्फ पनि एक जनाको लागि २ जनाले उम्मेद्वारी दिनु भएको छ । जसमा शैलुङकी उर्मिला कार्की र बैतेश्वरकी रोचना उप्रेतीले उम्मेद्वारी दिनु भएको छ । यसैगरी आदिवासी÷जनजाति खुल्ला र आदिवासी÷जनजाति पुरुष तर्फ र महिलातर्फ एक÷एक जनाले निर्वाचन लड्न पाउने व्यवस्था रहेको छ । पुरुष तर्फ ३ जना र महिलातर्फ २ जना गरी ५ जनाले उम्मेद्वारी दिनु भएको छ । पुरुष कोटामा चरित्रकुमार लामा , च्याङा शेर्पा र हस्तबहादुर थामी महिलामा छिरिङ डोल्मा शेर्पा र मोतिमाया मोक्तानले उम्मेद्वारीदिनु भएको छ । नेपाली कांगे्रस दोलखाका अनुसार महासमितिको लागि सर्बसहमतको लागि बार्ता भईरहेको बताइएको छ । सर्वसहमत हुन नसकेमा माहसमितिको लागि निर्वाचन हुने छ । जसमा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधीले निर्वाचनमा मतदान गर्न पाउने छन् ।
नेपाली कांगे्रस दोलखाको महासमिति सदस्यको लागि ११ जनाको उम्मेद्वारी
Posted By: दीक्षण दैनिक २१ कार्तिक २०८०, मंगलवार ११:१९
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "नेपाली कांगे्रस दोलखाको महासमिति सदस्यको लागि ११ जनाको उम्मेद्वारी"