काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने तथा जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्मका रहेका छन् । उक्त अभियानले सुशासन, रोजगारी समृद्धि त्यसभित्रका महत्वपूर्ण कृषि क्रान्ति सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने तथा आत्मनिभर नेपाल बनाउने सन्देश दिने प्रवक्ता खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादी जागरण अभियान, २०८० ले जनतासँग हाम्रो पार्टीलाई जोड्छ, जनताको कुरा सुन्छ र आफ्ना नीति निर्माणमा त्यसलाई अभिव्यक्त गर्छ ।” एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ । (रासस)
एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने
Posted By: दीक्षण दैनिक १२ आश्विन २०८०, शुक्रबार १६:०२
१८ मंसिर २०८१, मंगलवार १९:४०
२०८१ मंसिर १८गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१८ मंसिर २०८१, मंगलवार १४:३७
भीमेश्वर नगरपालिकाद्धारा ‘नागरिक वैज्ञानिक’ अभियान विस्तारमा जोड
१८ मंसिर २०८१, मंगलवार १४:४४
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
१८ मंसिर २०८१, मंगलवार १४:३०
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
१९ मंसिर २०८१, बुधबार १०:३५
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
१९ मंसिर २०८१, बुधबार १०:२१
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
१९ मंसिर २०८१, बुधबार १०:३१
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
१९ मंसिर २०८१, बुधबार १०:२८
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
१९ मंसिर २०८१, बुधबार १०:१६
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
१९ मंसिर २०८१, बुधबार १०:२३
Be the first to comment on "एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने"