दोलखा जिल्ला डोरीतान संघ तदर्थ समिती गठन : अध्यक्षमा बस्नेत

राजकुमार भुजेल, दोलखा २ भदौ । दोलखा जिल्ला डोरीतान संघ तदर्थ समिती गठन भएको छ । आज शनिबार सदरमुकाम चरिकोटमा सम्मपन्न भएको भेलाले राजन बस्नेत को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिले उपाध्यक्षमा गीता श्रेष्ठ ,भरत बस्नेत, सचिवमा गणेश कुमार प्रजा र सहसचिवमा निर्मल खड्का चयन गरेको छ। त्यस्तै कोषाध्यक्षमा सरिता श्रेष्ठलाई चयन गरेको छ भने सदस्यहरुमा वसन्ति तमाङ, राजकुमार भुजेल (निर), प्रकाशन बस्नेत, प्रकाश बस्नेत(हिमाली), श्रीकृष्ण वस्नेत, रामहरि शिवाकोटी,राजन खड्का र सबिना श्रेष्ठ चयन भएका छन्। भेलामा नेपाल डोरीतान संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुर्य भट्टराई तथा जिल्ला खेलकूद विकास युवा समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Shares

Be the first to comment on "दोलखा जिल्ला डोरीतान संघ तदर्थ समिती गठन : अध्यक्षमा बस्नेत"

Leave a comment

Your email address will not be published.


*