चरिकोट(दीस)ः जिरी नगरपालिकाले नगरको स्वीकृती विना संचार माध्यमबाट नगरपालिकाको सूचना प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ । नगरपालिकाको स्वीकृती नलिई विज्ञापन प्रकाशन प्रसारण गरी भुक्तानीका लागि विल पठाउने प्रबृत्ति बढेपछि नगरले सो आग्रह गरेको हो ।
कतिपय संचार माध्यमहरुले नगरपालिकाको वेब साईटमा प्रकाशित सूचना आफूखुशी प्रकाशन प्रसारण गर्ने तथा भुक्तानीका लागि विल लिएर आउने प्रबृत्ति बढेकोले नगरकार्यापालिकाको बैठकबाट नगरको अनुमति विना सूचना प्रकाशन प्रशासरण नगर्न आग्रह गरिएको जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले जानकारी दिनुभयो । नगरपालिकाको अनुमति विना आगामी दिनमा नगरको सूचना आफूखुशी संचार माध्यमले प्रकाशन प्रशारण गरेमा भुक्तानी नदिइने कार्यपालिकाले निर्णय गरेको प्रमुख जिरेलको भनाई रहेको छ ।
Be the first to comment on "विना स्वीकृत सूचना सन्देश प्रकाशन प्रसारण नगर्न आग्रह"