चरिकोट(दीस)ः जिल्ला युवा समिति दोलखाद्वारा चेतान मूलक स्टिकर टाँस्दै स्वच्छ वातवारण मैत्री अभियान सुरु गरिएको छ । चौविसौं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शनिवार विहान समितिले सदरमुकाम चरिकोटमा स्वच्छ वातावरण मैत्री अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत “सभ्य र सु–संस्कृत समाजको लागि सफा वातावरण” लेखिएका स्टिकर विभिन्न ठाउँ र सार्वजनिक यातायातमा टाँसेर दिवस मनाइएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनु भयो । नागरिक समाजका अगुवा चिरञ्जीवि मास्केले यो अभियानलाई नितन्तरता दिने बताउनु भयो । चरिकोट बजारलाई सफा राख्न यो अभियान गरिएको उहाँले बताउनु भयो ।
नागरिक समाज, सामाजिक अभियान्ता, खेलाडी, युवा, विद्यार्थी, व्यबसायी, प्रहरी, सवारी चालक, टोलसुधार समिति लगायतको सहभागितामा स्वच्छ वातावरण मैत्री अभियान कार्यक्रम संचालन गरिएको हो ।
Be the first to comment on "चेतनामूलक स्टिकर टाँस्दै स्वच्छ वातावरण मैत्री अभियान सुरु"