आर्थिक अवस्था नाजुक रहेकी सुत्केरी सावित्राको घरमा पुगे मेयर मानन्धर खाद्य सामग्री लिएर

नवराज शिवाकोटी, चरिकोट ः भीमेश्वर नगरपालिका वडा नम्बर एक पहरेकी सावित्रा थामी सुत्केरी भएको थाह भएपछि भीमेश्वर नगरका मेयर ईश्वरनारायण मानन्धर शनिवार वर्षे झरीका विच आवश्यक खाद्य सामग्री लिएर उहाँको घरमा पुग्नु भएको थियो । पति जेलमा रहेको तथा घरको हालत अत्यन्तै दयनयी भएको थाह पाएका मेयर अत्यावश्यक खाद्य सामग्री सहित ३ दिनकी सुत्केरी सावित्रको घरमा पुग्नु भएको हो । पति जेलमा अनि घरको हालत खराब भएको आफूले था हपाएकोले नगरभित्रका नागरिक विपत्तिमा पर्दा हेरेर बस्न नमिल्ने भएकोले आफू सावित्राको घरमा पुगेर अत्यावस्यक खाद्य सामग्री हस्तान्तरण गरि सहयोग गरेको भीमेश्वर नगरका मेयर ईश्वर नारायण मानन्धरले बताउनुभयो । आफूसँग तीन –चार महिना अघि आफू गर्भवती भएको तथा उपचार गर्न र घरमा खानको समेत समस्या भएको भनी सावित्राले नगरपालिक आएर दुखेसो पोखेपछि आफूले सहयोग गर्न वचन दिए अनुरुप घरमै भेट्न पुगेको मानन्धरको भनाई छ । सावित्राका पति अहिले जेलमा छन् । पहिले दुई सन्तान रहेकी सावित्राको अहिले तेस्रो सन्तानलाई जन्म दिएकी छन् । घरमा खान समेत धौ–धौ छ । यस्तो अवस्थामा आफूलाई सहयोगरी भीमेश्वर नगरका मेयरले ठूलो गुन लगाउनु भएको सावित्रा थामीले बताउनु भयो । संचारकर्मी सहित सावित्राको घरमा पुगेका मेयर मानन्धरले शनिवार चारबोरा चामल, दाल, तेल, नुन, विस्कुट, च्युरा लगायतका खाद्य सामग्री सावित्रालाई हस्तान्तरण गर्नु भयो । साथै सुत्केरीलाई अन्य आवश्यक सामग्री खरिद गर्न पाँचहजार नगद समेत हस्तान्तरण गर्नु भएको थियो । यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर एकका जनप्रतिनिधिहरुले पनि अण्डा तेल साबुन जस्ता सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । नगर भित्रका समस्यामा परेका नागरिकहरुलाई नगरपालिकाले आफ्नो क्षमता अनुसार सहयोग गर्ने गरेको तथा सहयोगलाई निरन्तरता दिइने मेयर मानन्धरले उक्त अवसरमा बताउनु भएको थियो ।

Shares

Be the first to comment on "आर्थिक अवस्था नाजुक रहेकी सुत्केरी सावित्राको घरमा पुगे मेयर मानन्धर खाद्य सामग्री लिएर"

Leave a comment

Your email address will not be published.


*