लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो । रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिकरूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका हुन् । मन्दिर पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेको अकला कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो । भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ । यहाँका करिब तीन सयभन्दा बढी स्थानीयको सहभागितामा पञ्चेबाजासहित नदी किनारमा पुगेर उनीहरुले पानी छ्यापाछ्याप गरी भगवान् इन्द्रसँग पानी माग्न पूजा गरेका थिए । खडेरीले खेतबारीमा लगाएका बालीनाली सुक्न थालेपछि स्थानीयले भगवान्को प्रार्थना गर्दै पानी माग्न थालेका छन् । विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गरिरहेको र पूजा गरेपछि पानी पर्ने गरेको स्थानीय ८४ वर्षीय लोकनाथ खनाल बताउनुहुन्छ । –––
पानी नपरेपछि सामूहिक पूजा
Posted By: दीक्षण दैनिक २६ जेष्ठ २०८०, शुक्रबार ११:४२
१९ मंसिर २०८१, बुधबार १०:२१
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
१९ मंसिर २०८१, बुधबार २१:२७
२०८१ मंसिर १९गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१९ मंसिर २०८१, बुधबार १०:१६
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
१९ मंसिर २०८१, बुधबार १०:२८
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
१९ मंसिर २०८१, बुधबार १०:३५
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
१९ मंसिर २०८१, बुधबार १०:३१
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
१९ मंसिर २०८१, बुधबार १०:२३
Be the first to comment on "पानी नपरेपछि सामूहिक पूजा"