सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै आजदेखि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखि असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजीवकुमार मिश्रले जानकारी दिनुभयो । एक सातायता मधेस प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । –––
गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द
Posted By: दीक्षण दैनिक १९ जेष्ठ २०८०, शुक्रबार ११:३२
१० मंसिर २०८१, सोमबार १९:२१
२०८१ मंसिर १० गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द"