आठ कैदीबन्दीको सजाय मिनाहा

चरिकोट (दीस)ः गणतन्त्र दिवसको अबसरमा दोलखा कारागारमा रहेका आठ जना कैदीबन्दीले कैद सजाय माफी पाएका छन् । सरकारले गणतन्त्र दिवसको अबसरमा दोलखा कारागारमा रहेका ८ जनाको सजाय मिनाहा गरेको हो । सजाय मिनाहा पाएकाहरुमा कालिञ्चोक गाउँपालिकाका गणेशप्रसाद पकुवाल, राजनप्रसाद पकुवाल र रमेशप्रसाद पकुवाल रहेका छन् । त्यसैगरी तामाकोशी गाउँपालिकाका रामकृष्ण पोखरेल ,मेलुङ गाउँपालिकाका सुमन कार्की ,भीमेश्वर नगरपालिकाका अर्जुन शाही ,वैतेश्वर गाउँपालिकाका रमेश दहाल र कालिञ्चोक गाउँपालिकाका शम्भु शिवाकोटीले सजाय मिनाहा पाएको दोलखा कारागरले बताएको छ ।

Shares

Be the first to comment on "आठ कैदीबन्दीको सजाय मिनाहा"

Leave a comment

Your email address will not be published.


*