प्रहरी अनुसन्धानमा प्रभाव पार्न खोजिए सडक आन्दोलन गरिनेः खनाल

चरिकोटः नक्कली भुटानी सरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा प्रभाव पार्न खोजिए आफ्नो पार्टी सदनमा आवाज उठाउन मात्र हैन ,सडकमा जान पनि तयार रहेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ं)पार्टीका सम्मानित नेता झलनाथ खनालले बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी दोलखाद्वारा शनिवार साँझ सदरमुकाम चरिकोटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खनालले उक्त कुरा बताउनु भएको हो ।
“नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जतिसुकै ठूला माछा भएपनि अनुसन्धानमा दोषि देखिएकालाई कडा कारवाही हुनुपर्छ ।” खनालले भन्नु भयो,“ यो काण्डका विरुद्ध हामी संसदमा आवाज उठाउँ छौं नैं आवश्यक परे सडक आन्दोलन गर्न पनि तयार छौं ।”
एक अर्को प्रसंगमा पत्रकारहरुद्वारा देशमा राजतन्त्र पूनःस्थापानाको सम्भावना कति छ भनी सोधिएको प्रश्नको जवाफ दिँदै खनालले नेपालीहरुको राजतन्त्रको विदाई गरिसकेकोले अब राजतन्त्र पुनः स्थापना हुन्छ भन्ने सपना देख्नु जन्मिसकेको बच्चा फेरी आमाको गर्भमा पस्छ भन्नु जस्तै भएको बताउनुभयो । लोकतन्त्र विरोधी र प्रतिगमनकारीहरुले चलाएको हल्लाका पछि सर्वसाधारणलाई नलाग्न पनि उहाँले उक्त अवसरमा आग्रह गर्नुभयो । साथै विदेशी चलखेल पनि देशमा बढेकोमा खनालले चिन्ता ब्यक्त गर्नु भयो । साथै ब्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी ओलीको आफ्नो पार्टीले विरोध नगरी ओली प्रबृत्तिको मात्र विरोध गरेको बताउनु भयो । साथै अब नेकपा एकिकृत समाजवादी संगठन निर्माणतर्फ पूर्णरुपमा केन्द्रीत हुने बताउनु भयो ।
एक फरक प्रसंगमा खनालले सर्प पालन सम्बन्धमा केही मिडियाले आफूलाई अनावाश्यक रुपमा जोडेको गुनासो गर्नु भयो । तत्कालिन समयमा आफू सर्लाहीमा पुग्दा सर्प दंशबाट एक बालक मरणासन्न भएको अवस्था देखेर आफू विचलित भएको उल्लेख गर्दै खनालले आफ्नो नामामा केही साथीहरुले एन्टी स्नेक भेनम बनाउन सर्प पालन गर्ने कुरा गरेको र आफ्नो नाममा प्रतिष्ठान खोलेको बताउनु भयो । त्यो प्रतिष्ठान आफ्नो नामबाट खोलिएको भएपनि त्यसका गतिविधिमा आफ्नो कुनै संलग्नता नभएको बताउनु भयो । खनाल नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीको भीमेश्वर नगर अधिवेशनको उद्घान गर्न सदरमुकाम चरिकोट आउनुभएको हो । शनिवार नगरअधिवेशनको समाप्तिपछि पत्रकार नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

Shares

Be the first to comment on "प्रहरी अनुसन्धानमा प्रभाव पार्न खोजिए सडक आन्दोलन गरिनेः खनाल"

Leave a comment

Your email address will not be published.


*