चरिकोट (दीस) ः एकिकृत समाजवादी निकट अनेरास्ववियू दोलखाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । सो संगठनले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारसँग यस्तो माग गरेको हो । अनेरास्ववियूका अध्यक्ष पुष्पक केसीले दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेलाई ध्यानकार्षण पत्र बुझाउदै सरकारलाई दबाब सिर्जना गर्ने उदेश्यले देशभरका प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष केसीले जानकारी दिनुभयो। ध्यानाकर्षण पत्रमा अपराधीहरुको कुनै देश,जात,धर्म,लिङ्ग,भुगोल,वर्ग र सङ्गठन नभएकोले सबै खाले अपराधीलाई कानुनी कठघरामा उभ्याई तिनिहरुको बिरुद्ध बिरोध प्रर्दशन गर्न सबै पक्षलाई आवहान गरिएको उल्लेख गरिएको छ । नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई बेचविखन गर्ने अपराधिक मानसिकता साथ केही गिरोहहरु सक्रिय भएको हुदाँ त्यस्ता गतिविधिमा संलग्न देशद्रोही अपराधीहरुलाई उम्कन नदिई तिनका विरुद्ध कानुनी कारवाही गर्न माग गरिएको पत्रमा उल्लेख गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न अनेरास्ववियूको माग
Posted By: दीक्षण दैनिक ४ जेष्ठ २०८०, बिहीबार १९:५९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न अनेरास्ववियूको माग"