च्छोरोल्पा अस्पतालले ल्यायो ट्रमा युनिट

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा अस्पतालमा ट्रमा युनिटको उद्धघाटन गरिएको छ । अस्पतालमा सेवा सुरु भएसँगै दोलखमा हाडजोर्नीको शल्यक्रिया हुने भएको छ । ट्रमा युनिटको प्रदेशसभा सांसद भरत केसीले शनिबार उद्धघाटन गर्नु भएको छ । कार्यक्रममा मन्तब्य राख्नु हुदै सांसद के.सीले जिल्लामा पहिलो पटक ट्रमाको सेवा आएसँगै दोलखाको स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग पुग्ने बताउनु् भएको छ । यसले स्वस्थ्य नागरिक बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । बार एशोयिसन अध्यक्ष कृष्ण बस्नेतले च्छोरोल्पा अस्पतालले पछिल्लो चरणमा आधुनिक सेवा विस्तार गरेको कारण स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । च्छोरोल्पा अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठले अब अस्पतालमा जटिल तथा सामान्य जस्तोसुकै प्रकारका हाडजोर्नीको चोटपटक लागेको व्यक्तिको तत्काल शल्यक्रिया गर्न सकिने बताउनु भयो ।ट्रमा युनिटमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा. सुरेश बहादुर थापा नेतृत्वको टोलीले नेतृत्व प्रदान गर्ने अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनु भयो । उहाँका अनुसार अस्पतालले अहिले विभिन्न आधुनिक सेवा प्रदान गर्दै आएको छ । ट्रमा युनिट उद्धघाटन कार्यक्रममा दोलखाका प्रहरी नायब उपरीक्षक डिएसपी दिपक खड्का, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रृजन कुमार घिमिरे लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "च्छोरोल्पा अस्पतालले ल्यायो ट्रमा युनिट"

Leave a comment

Your email address will not be published.


*