चरिकोट(दीस)ः नेपाल सुनचाँदी कला ब्यावसायी संघ दोलखाको १७ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।
प्रतिनिधि सभाका सांसद गंगा कार्कीको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष दिपक धनुकेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले अहिले देशको आर्थिक अवस्था सन्तोष जनक नभएको अवस्थामा ब्यावसायीहरुलाई समस्या रहेको बताउनु भयो । ब्यावसायीहरुको समस्या समाधान गर्न वर्तमान सरकार प्रयासरत रहेको उहाँको भनाई थियो । उद्घाटन सत्रलाई जिल्ला समन्वय समिति दोखलाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धर,संघका प्रथम उपाध्यक्ष घनश्याम रिजाल लगायतले सम्बोधन गर्नु भएको थियो । उद्घाटन सत्रका बक्ताहरुले ब्यावसायीहरुलाई आर्थिक मन्दीको मारबाट जोगाउन सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए । साथै सुन चाँदी काल ब्यावसायीको सुरक्षाको सवाल पनि गम्भिर भएकोले सुरक्षाको ग्यारेन्टी पनि आवश्यक रहेको उहाँहरुको भनाई थियो ।
उद्घाटन समारोह पछि भएको बन्द सत्रले अनिल रिजालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको गठन गरेको छ । कार्यसमितिका पदाधिकारी हरुमा प्रथम उपाध्यक्ष कृष्णबहादुर धनुके,उपाध्यक्ष एमलाल लामिछाने,सचिव सुरज रिजाल, सहसचिव भरत गजमेर तथा कोषाध्यक्षमा सुमन धनुके रहनु भएको छ । यस्तै सदस्यहरुमा प्रकाश दर्नाल तथा मनोज रिजाल रहनु भएको छ । भने एक जना कार्यसमिति सदस्यको मनोनयन भने नवगठित कार्यसमितिले गर्ने नेपाल सुन चाँदी कला ब्यावसायी संघ दोलखाले बताएको छ ।
Be the first to comment on "सुन चाँदी कला ब्यावसायी संघ दोलखाको अधिवेशन सम्पन्न , अध्यक्षमा रिजाल"