मानवाधिकारकर्मी बस्नेत सम्मानित

चरिकोट(दीस) ः मानवाधिकार कर्मी कृष्ण बहादुर बस्नेत पशुपति चौलागार्इं स्मृती मानवाधिकार सामाजिक सेवा पुरस्कारबाट सम्मानित हुनु भएको छ । हुराडेक नेपाल दोलखाको ३१ औं वार्षिकोत्सवको अवसरमा विहिवार आयोजित कार्यक्रममा उहाँ सम्मानित हुनु भएको हो  । द्वन्द्वकाल र जनआन्दोलनमा मानवाधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका बस्नेतलाई स्व.पशुपति चौलागाई स्मृति मानवअधिकार सामाजिक सेवा पुरस्कार २०७९ बाट सम्मानित गरिएको हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्दवप्रसाद पोखरेलले बताउनु भयो । सो पुरस्कारको स्थापन हुराडेक दोलखाका संस्थापक अध्यक्ष पशुपाति चौलागाईँको नाममा हुराडेक दोलखाले स्थापना गरेको हो । पुरस्कार दशसहजार राशीको रहेको छ ।
वार्षिकोत्सव हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "मानवाधिकारकर्मी बस्नेत सम्मानित"

Leave a comment

Your email address will not be published.


*