चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर ५ तथा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ को सिमानामा रहेको तामाकोशीको नदीको पक्की पुल निर्माणमा ढिलाइ भएको छ । पुल निर्माण ठेकेदार कम्पनीको निर्माण ढिलाईका कारण बन्न नसकेको बताइएको छ । पुल निर्माणको काम २०७३ साल भदौ ७ गते निर्माणको सम्झौता भएता पनि ६ महिना ठेकेदारले नापनक्सा गर्दा नैं वितेको थियो । दुई वर्षमा सम्पन्न हुनुपर्ने पुलको हालसम्म जग मात्र तयार भएको छ । जगमाथि राख्ने सुपर फिचर तयार भएको छ । तामाकोशीमा निर्माण हुने पुलको लम्बाइ करिब ७० मिटर रहेको छ । आठ करोड ४५ लाख १० हजार रुपियाँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
तामाकोसी पुल निर्माणमा ढिलाई
Posted By: दीक्षण दैनिक १३ चैत्र २०७९, सोमबार १३:१५
२५ पुष २०८१, बिहीबार १८:०९
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
२६ पुष २०८१, शुक्रबार ११:४७
हुम्लाको खार्पुनाथमा औषधि अभाव
२६ पुष २०८१, शुक्रबार ११:३७
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
२६ पुष २०८१, शुक्रबार ११:४४
Be the first to comment on "तामाकोसी पुल निर्माणमा ढिलाई"