राप्रपा दोलखाले बुझायो ज्ञापन–पत्र

चरिकोट(दीस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले सोमबार जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएको छ । हालै सरकारले गरेको रासायनीक मलमा दिइएको अनुदान कटौति तथा मूल्यबृद्धिको विरोधमा पार्टीले ज्ञपनपत्र बुझाएको हो । पार्टि सचिव रामबहादुर तामाङद्वारा हस्ताक्षतिर विज्ञप्तिमा सरकारले गरेको अनुदान कटौती को भत्र्सना गर्दै अनुदान कटौति तथा मूल्य बृद्धि फिर्तालिई मल आपूर्तिको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न देशभित्रै मलकारखाना खोल्ने प्रकृया अगाडि बढाउन समेत माग गरिएको छ । यसैगरी किसानले उत्पादन गरेका वस्तुहरुको उचित मूल्य निर्धारण गर्न तथा बजारको ब्यवस्था मिलाउन समेत प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई पठाइएको विज्ञप्तिमा माग गरिएको राप्रपा दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "राप्रपा दोलखाले बुझायो ज्ञापन–पत्र"

Leave a comment

Your email address will not be published.


*