दोलखा महोत्सवको अन्तिम दिन आस्था राउत आउँदै

चरिकोट –‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको दोलखा महोत्सवको समापनको अन्तिम दिन दोलखाली चेली तथा चर्चित गायिका आस्था राउत आउने भएकी छन्। ९ दिनसम्म चलेको महोत्सवमा भाग लिन उनी आउने भएकी हुन । चेम्बर आयोजनामा भईरहेको महोत्सवमा महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरूको प्रदर्शनी, पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार हुनेलगायतका स्टलहरू राखिएका छन्। १३० वटा स्टल राखिएको छ । महोत्सवको आकर्षणका लागि प्रत्येक दिन राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा भव्य सांगीतिक कार्यक्रमहरू भइरहेका छन्। आफ्नै गृहजिल्लामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन पहिलो पटक पुग्न लागेकी राउत आउने हुन । राउत जिल्ला सदरमुकाम कै बासिन्दा हुन् । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गरेकी राउत एक सफल गायिकाको रुपमा परिचित छिन । सालको पात टपरी गाँसेरको रिमिक्स गाएपछि चर्चामा आएकी राउतका ‘चौबन्दीमा पटुकी, ‘झुम्के बुलाकी, नाकैमा फुली, सिमाना, यानी माया, हवाई जहाजको टिकट, यो मेरो नाता जोडियो’ जस्ता गीत चर्चित छन् । सांगीतिक पारिवारिक पृष्ठभूमिमा हुर्किएकी आस्थाले बालगायिका हुँदै आफ्नो तय गर्दा सानै उमेरमा राष्ट्रिय स्तरको प्रतियोगिता जितेकी थिइन् । काठमाडौ पुल्चोकमा जन्मनु भएकी राउतको पुख्यौलि घर भने चरिकोट दोलखा हो । उनी वरिष्ठ लोक गायक हरि बहादुर राउत र रचनाकार सावित्रि राउतको एक मात्र छोरी हुन् । उनले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाएकी छिन् र एल्बमहरू पनि प्रकाशन गरिसकेकी छन्।उनको एल्बम ‘आधार’ले ठूलो सफलता पाएको थियो। उनी उत्कृष्ट महिला पप गायिका (हिट्स एफ एम म्युजिल अवार्ड सन् २०१४), उत्कृष्ट महिला पप गायिका (इमेज अवार्ड सन् २०१४), उत्कृष्ट महिला पप गायिका (कान्तिपुर अन आवर्स) लगायत सम्मान बाट सम्मानित छन् । राउत द भ्वाईस अफ नेपालको कोच समेत रहिसकेकी छन्

Shares

Be the first to comment on "दोलखा महोत्सवको अन्तिम दिन आस्था राउत आउँदै"

Leave a comment

Your email address will not be published.


*