दीक्षण समाचार
चरिकोट, फागुन ८
दोलखामा पीपीआर रोग विरुद्धको खोप अभियान सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले फागुन एक गतेदेखि सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियान आइतबार सम्पन्न भएको हो ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालित अभियानमा जिल्लाका ८४ हजार १ सय ७६ वटा भेडाबाख्रालाई खोप लगाइएको छ । पशु सेवा विज्ञ केन्द्रका अनुसार ८३ हजार ४ सय ६६ बाख्रा र सात सय १० वटा भेडालाई पीपीआर विरुद्धको खोप लगाइएको हो । अभियान अन्तर्गत नौ वटै पालिकामा भ्याक्सिनेटरहरु परिचालित भएर भेडाबाख्रालाई खोप लगाएका थिए । भ्याक्सिनेटरको सक्रियता र किसानहरूको सहयोगले अभियान सफल भएको केन्द्रका डाक्टर पलट चौधरीले बताउनु भयो । पीपीआर भेडा बाख्रामा लाग्ने घातक संक्रामक रोग हो । पीपीआर रोग लागेमा भेडाबाख्रा मर्ने सम्मको स्थिति आउँछ । त्यस्तो अवस्था आउन नदिनको लागि भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खोप लगाउनु पर्ने डाक्टर चौधरीले बताउनु भयो ।
Be the first to comment on "दोलखामा ७४ हजार बढी भेडाबाख्रालाई पीपीआर खोप"