दीक्षण समाचार
चरिकोट, माघ २७
दोलखाको तामाकोशी गाउँपालिकाले गाईभैसीलाई सुत्केरी स्याहार अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले सुत्केरी पशुको आहारा व्यवस्थापन तथा उचित स्याहारका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले व्यवसायिक पशुपालनमा प्रोत्साहन गर्दै दुग्ध र मासुजन्य खाद्यवस्तुमा परनिर्भरता घटाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । कार्यक्रम अन्तर्गत गाईभैँसी ब्याए एवं दुहुनो भएपछि पशुधनि किसानलाई एक हजार रुपैयाँ स्याहार खर्च उपलब्ध गराइने बताउनु भयो । उहाँका अनुसार चालु वर्ष कार्यक्रम सञ्चालनका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु वर्षको साउनयता व्याएको गाईँभैँसीलाई स्याहार सुत्केरी स्याहार खर्च प्रदान गरिने छ । पशु सुत्केरी स्याहार खर्च प्राप्त गर्नका लागि किसानहरुले आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नु पर्ने छ । गाईभैँसीको आहार र स्याहारमा कमी नहोस् भनेर कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनु भयो ।
Be the first to comment on "तामाकोशी गाउँपालिकाले सुत्केरी गाईभैँसी स्याहार खर्च दिने"