दोलखामा भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइने

दीक्षण समाचार
चरिकोट, माघ २७
दोलखामा भेडाबाख्रालाई लाग्ने पीपीआर रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले फागुन १ गतेदेखि जिल्लाको नौ वटै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने भएको हो । केन्द्रले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षीक स्वीकृत कार्यक्रम अन्तर्गत खोप अभियान सञ्चालन हुने जनाएको छ ।
केन्द्रका डाक्टर धुव्र डिसीले भेँडाबाख्रामा पीपीआर रोगले महामारीको रुप लिने र धेरै क्षती हुने भएकाले उक्त रोगबाट सुरक्षित रहन खोप अभियान चलाइन लागेको बताउनु भयो । किसानले पालेका पशुधनको सुरक्षाका लागि खोप अभियान व्यवस्थित र प्रभावकारी बनाइने उहाँको भनाई थियो । उहाँका अनुसार केन्द्रमा पीपीआर रोग विरुद्धको एक लाख ३२ हजार डोज खोप प्राप्त भएको छ । जसमध्ये भीमेश्वर नगरपालिका, कालिञ्चोक र तामाकोशीमा २०÷२० हजार डोज र अन्य पालिकामा १२÷१२ हजार डोज उपलब्ध गराइने छ । सम्बन्धित स्थानीय तहले प्राविधिक परिचालन गरी आफ्ना क्षेत्रभित्र पालिएका भेडाबाख्रालाई खोप लगाउने छन् । केन्द्रले सिन्धुपाल्चोकको लिसंखुपाखर, ईन्द्रवती, त्रिपुरासुन्दरी र बलेफी गाउँपालिकामा पनि खोप उपलब्ध गराउने छ । पीपीआर भेडा बाख्रामा लाग्ने घातक संक्रामक रोग हो । पीपीआर रोग लागेमा भेडाबाख्रा मर्ने सम्मको स्थिति आउँछ । त्यो अवस्था आउन नदिनको लागि भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खोप लगाउनुपर्ने डाक्टर डिसिले बताउनु भयो । पीपीआर रोग विरुद्धको खोप अभियान जिल्लामा वर्षेनी सञ्चालन भईरहेको छ । सरकारले २०५८÷०५९ देखि राष्ट्रिय पीपीआर रोग नियन्त्रण कार्यक्रममार्फत् भेडाबाखा्रलाई वर्षेनी रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइने"

Leave a comment

Your email address will not be published.


*