बाबुराम शर्मा (चरिकोट ) ः जिल्लामा पहिलो पटक “बाल बिग्याइँ कर्तव्य ज्यान मुद्दा” का जाहेरवालाले क्षतिपूर्ति रकम पाउनु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत तमाङले सो बापतको रकम पाउनु भएको हो । उहाँलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिइएको जिल्ला अदालत दोलखाले जनाएको छ । राज्यकोषबाट क्षतिपूर्ति पाउने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठको एकल ईजलासबाट मृतकका हकवाला एक लाख रुपियाँ पीडित राहतकोषबाट दिने फैसला गरेको श्रेस्तेदार शिवकुमार पोखरेलले जानकारी दिनु भयो । सर्बोच्च अदालत पीडित राहत कोषको सचिवालयले क्षतिपूर्ति बापतको रकम प्रदान गर्ने गरेको उहाँको भनाई रहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १०६ ले संहिता लागू हुनु पूर्व क्षतिपूर्ति रकम माग भए प्रतिवादीबाट भराउने प्रावधान रहेको अदालतले जनाएको छ । ज्यान मुद्दामा ३ जना संलग्न रहेका थिए । तीनजना सुधार केन्द्रमा रहेका छन् । ती मध्ये एक जना रिहा भएका छन् । दुई जनालाई अदालतको १६ वर्ष कैद सजाय दिने अदालतले फैसाला गरेको छ।
दोलखामा मृतकका बाबुले पाए एकलाख क्षतिपूर्ति
Posted By: दीक्षण दैनिक २५ माघ २०७९, बुधबार १९:३४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "दोलखामा मृतकका बाबुले पाए एकलाख क्षतिपूर्ति"