चरिकोट(दीस) ः यो वर्षको भीमेश्वर नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड सुर्के मावि खरिढुङ्गाले हात पारेको छ । विभिन्न खेलका इभेन्टसहरुमा सबै भन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै सुर्के माविले प्रथम स्थान हात पारेको हो ।
यसैगरी दोस्रो स्थान क्षमावती माविले र मोर्डन नेपाल स्कुलले तेस्रो स्थान प्राप्त गरेको थियो । मंगलवार सम्पुर्ण खेलहरु समाप्त भएपछि समापन समारोहको आयोजना गरी विजेताहरुलाई शिल्ड मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । समापन समारोह बाग्मती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका मेयर ईश्वरनारायण मानन्धर,उपमेयर कमला बस्नेत लगायतको उपस्थीति रहेको थियो ।
माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता भीमेश्वर नगरपालिकाको आयोजना र लाँलिगुराँस यूवा क्लबको सह आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन प्रतिनिधीसभाका सदस्य गंगा कार्कीले गर्नु भएको थियो । प्रतियोगिता ५ दिन चलेको थियो । राष्ट्रपति शिल्डका खेलहरु निर्माणाधिन भीमेश्वर रंगशालामा, चरिकोटमा सम्पन्न भएको थियो ।
भलिवल खेलमा पुरुषतर्फ कालञ्चोक मावि प्रथम, अल्पाईन बोर्डिङस्कुल द्वितीय तथा मोर्डन नेपाल तृतीय भएका थिए । यसैगरी महिला भलिवलतर्फ मोर्डन नेपाल स्कुल प्रथम, कालिञ्चोक मावि द्वितीय तथा सर्वमावि तृतीय भएका थिए । यसैगरी एथलेटिक्स तर्फ सुर्केमावि खरिढुङ्गा प्रथम क्षमावती, मावि द्वितीय तथा सर्व मावि तृतीय भएका थिए । प्रतियोगितामा ११ वटा खेलहरुमा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेकाथिए । नगर भित्रका १९ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।
Be the first to comment on "राष्ट्रपति रनिङ शिल्ड सुर्के माविलाई"