चरिकोट (दीस) – नेपाल पत्रकार महासंघ दोलखा शाखाको ११ औँ साधारण सभा शनिबार चरिकोटमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको प्रतिनिधिसभाका सांसद गंगा कार्कीले उद्वघाटन गर्नु भएको हुँदै पत्रकारिता क्षेत्र बलियो बनाउनु पर्ने बताउनु भयो । देशमा विभिन्न समस्या रहेकोले त्यसलाई समाधान गर्न आफु कठोर भएर लाग्ने बताउनु भयो । समाजमा रहेका समस्या हल गर्न सबै क्षेत्रको सहकार्य आबश्यक रहेको छ । जसको जे भुमिका छ उसले त्यही काम गर्नु पर्ने उहाँले जोड दिनु भयो । । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराज घतानीले पत्रकार क्षेत्रसँग सहकार्य गरेर अगाडी बड्न जिल्ला समन्वय समिति तयार रहेको बताउनु भएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न पालिका तयार रहेको बताउनु भयो । दोलखाका सबै पालिकासँग सहकार्य गर्न आफुले दोलखाका अरु दोलखाका पालिकासँग पनि समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य चिरञ्जीवि मास्के, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघ बागमती प्रदेश समिति सदस्य श्याम खतिवडा, बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँ, पत्रकार महासँघ दोलखा शाखाकाका पुर्व अध्यक्ष जीवन लामा ,पत्रकार महासँघ दोलखा शाखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे, सचिब दिलबहादुर के.सी , प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पशुपति चौलागाईँ स्मृति अस्पतालका दुई जना स्वास्थ्यकर्मिलाई पनि सम्मान गरिएको छ ।सिनियर स्वास्थ्यकर्मि प्रतिमा भट्टराई र उर्मिला चौलागाईँलाई समान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईँले स्वर्गिय सुप्रिम स्पन्दन स्मृति पत्रकारिता कोषको घोषणा गर्नुभएको छ । उहाँले अक्षकोष स्थापना गर्ने बताउनु भयो । हरेक बर्ष पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने बताउनु भयो ।
Be the first to comment on "नेपाल पत्रकार महासंघ दोलखा शाखाको ११ औँ साधारण सभा सम्पन्न"