जिरीमा सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न

दीक्षण समाचार
चरिकोट, पुस २७
दोलखाको पर्यटकीय नगरी जिरीमा तीन महिने सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । स्थानीयलाई सिप सिकाई आत्मनिर्भर र स्वालम्बि बनाउन हिमालयन लिडरसिप विकास केन्द्र जिरीले आयोजना गरेको तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन समारोहमा जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले युवायुवतीलाई व्यवसायिक र उद्यमशीलता सम्बन्धी ज्ञाानसिप प्रदान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्राम बजारमा प्रतिस्र्धा गर्न सक्ने बनाउन नगरको ध्यान केन्द्रीत भएको बताउनु भयो । बेरोजगार हुँदा युवायुवतीमा तनाव र चिन्ता बढ्ने, कुलतमा फस्ने, समुदायमा आर्थिक अपराध र विकृतिहरु बढ्ने भएकोले प्रत्येक व्यक्तिलाई आयआर्जनमा जोड्नु पर्ने नगर प्रमुख जिरेलको भनाई थियो ।
केन्द्रका अध्यक्ष लोक बहादुर सुनुवारले तालिममा आर्जन गरेको सीपलाई उपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । हरेक व्यक्ति नयाँ–नयाँ डिजाइन र आकर्षक सिलाइ भएका कपडा लगाउन चाहन्छन् । हरेकको नजर नै ज्यालामा भन्दा पनि सिलाइको गुणस्तरमा हुन्छ । त्यसैले तालिम अबधिभर सिकेका कुरालाई प्रयोग गरी आकर्षक सिलाई र डिजाइनका कपडा उत्पादन गर्न उहाँले आग्रह गर्नु भयो । सिपयुक्त र दक्ष व्यक्तिले रोजगारीका लागि भौँतारिनु नपर्ने भएकोले सिप सिक्नु पर्ने उहाँको भनाई थियो ।
तालिममा १४ जनाको सहभागिता रहेको थियो । उहाँहरुलाई देविराम दर्जीले प्रशिक्षण दिनु भएको थियो । समापन समारोहमा जिरी नगरका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, हिमालयन लिडरसिप बिकास केन्द्रका जिरीका सल्लाहकार – संरक्षक ज्ञान बहादुर सुनुवार, वडा नं. ६ का वडा अध्यक्ष मरिच बहादुर खड्का, र हिमालयन लिडरसिप बिकास केन्द्र जिरीका संचालक सदस्य रमेश सुनुवारले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "जिरीमा सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*