दोलखा उद्योग वाणिज्य संघको साधारण सभा बोलाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन


चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघको साधारणसभा बोलाउन निर्देशन दिन माग राखेर प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरिएको छ । विधानअनुसार दोलखाव उद्योग वाणिज्य संघले संघको साधारणसभा नगरेकोले साधारणसभाकालागि निर्देशन दिन माग गर्दै संघका पूर्वअध्यक्ष सुन्दर कार्कीले प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गर्नु भएको हो ।
निवेदनमा हालको कार्य समितिको पदावधि विधानतः गत बैशाख २८ गते नै समाप्त भइसकेकोले यथाशिघ्र साधारण सभा बोलाउन निर्देशन गरिदिनु हुन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ ।
वर्तमान कार्य समितिको नियमित बैठक नै नबस्ने,बसेका बैठकका निर्णयहरुलाई कुल्चँदै आइरहेको र हालसम्म एउटा पनि वार्षिक साधारण सभा नगरी मनोमानी ढंगबाट संस्था सञ्चालन गरिरहेको पूर्व अध्यक्ष कार्कीको आरोप छ । अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले भने आरोप निराधार र मिथ्या रहेको बताउँदै माघ ५ गतेको नियमित बैठकमा साधारणसभा सम्बन्धी छलफल गरिने बताउनु भयो । संघले साधारण सभा अघि दोलखा महोत्सब गर्ने योजना बनाई रहेको उहाँको भनाई रहेको छ । कार्यसमितिको बैठकले विगतमा सहमतिमा नै स्थानीय तथा प्रदेश र प्रतिनिधीसभाको निर्वाचनको कारण निर्वाचन सारिएको उहाँले बताउनु भयो । अव बैठकले साधारण मिति तय गर्ने अध्यक्ष श्रेष्ठले दाबी गर्नु भयो ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघको साधारण सभा बोलाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन"

Leave a comment

Your email address will not be published.


*