दुई लाखसहित समातिएकी तत्कालिन दोलखाकी डिभिजन वन अधिकृत निर्दोष ठहरःअख्तियार गयो सर्वोच्चमा

चरिकोट(दीस) ः घुसको रकम भएको आरोपमा पक्राउ पर्नु भएकी दोलखा जिल्लाकी तत्कालिन डिभिजन बन अधिकृतलाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको छ । विषेश अदालतको फैसला बदरको माग गर्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको आयोगद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । अख्तियारको टोलीले तत्कालीन दोलखा डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठलाई २०७६ फागुन २९ गते भक्तपुरको मध्यपुर ठिमीबाट पक्राउ गरेको थियो । टोलीले श्रेष्ठको साथमा स्रोत नखुलेको शंस्कापद रकम भेटिएपछि नियन्त्रणमा लिएको थियो । बा १ झ ७६८५ नम्बरको कारमा दोलखाबाट काठमाडौं गइरहेको अवस्थामा श्रेष्ठ पक्राउ पर्नु भएको थियो ।
अधिकृत श्रेष्ठ चढेको गाडिबाट २ लाख ३ हजार ५०० रुपैयाँ नगद बरामद भएको थियो । श्रेष्ठले दोलखामा काठ व्यापारीहरुसँग घुसको रकम उठाएको व्यापारीले उजुरी दिएका थिए । श्रेष्ठबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपनि विशेष अदालतले सफाई दिएकोले फैसाला त्रुटिपूर्ण रहेकोले सर्वोच्चमा पुनारावेदन दिइएको आयोगद्धारा विज्ञप्तीमा जनाइएको छ । अधिकृत श्रेष्ठले बरामद भएको रकममध्ये ५० हजार रुपैयाँ बन रक्षक नारायण शाहसँग लिएको र बाँकी रकम तलबको रहेको दाबी गर्नुभएको थियो । तर बयानका क्रममा नारायण शाहले श्रेष्ठलाई कुनै रकम नदिएको भनी बयान दिएको अख्तियारको दावी छ । यसैगरी श्रेष्ठले बैंकबाट निकालेको भनेको रकम पनि उनी पक्राउ परेपछिको भएको पनि अख्तियारको भनाई रहेको छ । विशेष अदालतले श्रेष्ठलेको कोसँग घुस लिएको प्रमाण खुलाउन नसकेको र बैंकबाट तलब निकालेको देखिएको आधारमा उनलाई सफाई दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाई छ ।

Shares

Be the first to comment on "दुई लाखसहित समातिएकी तत्कालिन दोलखाकी डिभिजन वन अधिकृत निर्दोष ठहरःअख्तियार गयो सर्वोच्चमा"

Leave a comment

Your email address will not be published.


*