जिरीमा कोरियाको गाई

गाई आनुवांशिक श्रोत केन्द्र जिरीमा दक्षिण कोरियाबाट चार वटा गाईको उन्नत जातको कोरली बाच्छी ल्याइएको छ । दक्षिण कोरियाले नेपाललाई सहयोग स्वरुप दिएको गाईको ४२ वटा बाच्छी मध्ये चार वटा भने पुस १५ गते केन्द्रमा ल्याइएको हो । दक्षिण कोरियाले नेपाललाई आनुवंशिक रूपमा सुधारिएको गाईवस्तु तथा दुग्ध प्रविधिमा सहयोग गर्ने प्रतिबद्धताअनुसार बाच्छी तथा साँढे कृषक र देशको पशुपालन कार्यालयमा उपलब्ध गराउँदा जिरी गाई आनुवांशिक श्रोत कन्द्रलाई पनि चार वटा आएको हो । फार्म प्रबन्धक डा. गोपाल गिरिले होल्स्टिन फ्रिजियन जातको गाईको बाच्छी केन्द्रमा आएको बताउनु भयो । बजार मूल्यअनुसार एउटा बाच्छीको मूल्य करिब ३ लाख ९६ हजार (३ हजार अमेरिकी डलर) रुपैयाँ पर्छ । कोरली बाच्छी बढेर ब्याएपछि दैनिक २० देखि ४० लिटरसम्म दुध दिने फार्म प्रबन्धक डा. गिरिले बताउनु भयो । केन्द्रमा हाल एक सय १५ वटा गाई छन् । तीमध्य ५७ वटा माउ गाई, दुहुना ४० वटा र अन्य बाच्छा बाच्छी रहेका केन्द्रले जनाएको छ ।

Shares

Be the first to comment on "जिरीमा कोरियाको गाई"

Leave a comment

Your email address will not be published.


*