ट्रिपरले किचेर गैरीमुदीका एक युवकको मृत्यु

दीक्षण समाचार
चरिकोट, पुस १९
दोलखाको बैतेश्वर गाउँपालिका–१ गैरीमुदीमा ट्रिपरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी २८ वर्षिय विक्रम तामाङ रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी निरीक्षक धर्मेश कुमार यादवका अनुसार बा ३ ख ८८०७ नम्बरको ट्रिपरले ब्याक गर्ने क्रममा किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको हो । सो ट्रिपर निर्माण समाग्री लिएर बैतेश्वरको जलेश्वर गईरहेको थियो । तामाङ जलेश्वर सिंढी निर्माण उपभोक्ता समितिको सचिव हुनुहुन्थ्यो । ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Shares

Be the first to comment on "ट्रिपरले किचेर गैरीमुदीका एक युवकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*