ढुङ्गा खानीको गाउँका छाना जस्तामय

नवराज शिवाकोटी चरिकोट ः ढुङ्गाखानी (छाना छाउने स्लेट)को गाउँको रुपमा चर्चित विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका सबै घरका छाना जस्तामय छन् । भुकम्प पछिको पूनर्निमाण पछि बनेका सबै घरहरुमा जस्ताको छानो लगाइएपछि छानाहरु जस्तामय भएका हुन् ।
“भुकम्प अघि आलम्पुका घर हुन् वा कटेरा सबै स्लेटले छाएका चिटिक्क परेका देखिन्थे । ” वडा नम्बर ६ आलम्पुका वडाध्यक्ष टहलबहादुर थामीले भन्नुभयो,“तर भुकम्प पछि बनेका घरहरुमा स्लेटका छाना गाउँदा घर लाई बढी भार पर्छ भनेर प्राविधिकले भनेपछि गाउँको मौलिकता नैं मासियो । ” प्राविविधकले नैं जस्ता लगाउने सल्लाह दिएपछि पूनर्निमाणको ३ लाख रातह नपाइएला भनेर स्थानीयहरु मन नलागि–नलागि जस्ताको छाना लगाउन बाध्य भएको वडाध्यक्ष थामीको भनाई छ ।
थामी जातिको घना वस्ति रहेको आलम्पुमा परमपरागत रुपमा गाउँमाथिको अजंगको भीरबाट स्लेट निकाल्ने गरिन्छ । आलम्पुका ढुंगाले घर छाउनु ढलान घर निर्माण गर्ने चलन आउनु अघिसम्म इज्जतको विषय रहेको कालिञ्चोक गाउँपालिकाका एकराज शिवाकोटीले बताउनुभयो । जिल्ला भित्रमात्र होइन आलम्पुका स्लेट काठमाडौंमा पनि सजावटका लागि लैजाने गरेको आलम्पुका स्थानीयको भनाई छ । तर आम विनाशकारी भुकम्पपछि बनाइएका घरहरुमा ढुङ्गा खानीको गाउँको रुपमा चर्चीत गाउँकै वासिन्दाले प्राविधिकको सल्लाह मान्दै स्लेटको छानो लगाएका छैनन् ।
प्राविधिकले जस्ता लगाउन भने पनि कतिपय स्थानीयले भने घरको छानोको दाँति( छानाको तल्लो लाईन) एकलाईन भएपनि ढुङ्गाको छानो लगाएर बाँकीमा जस्ता लगाएका छन् । प्राविधिकले भने पनि कतिपय स्थानीयहरुले भने उनीहरुको सल्लाह नमानी दाँतिसम्म भएपनि ढुङ्गाले छाएको आलम्पुका प्रतमान थामीले बताउनु भयो । अब निर्माणहुने घरहरु भने स्लेटलेनै छाउने उहाँको भनाई छ ।
करिब ६ सय घरधुरी रहेको आलम्पुका थामी जातिहरु परमपरागत रुपमा खानीबट स्लेट निकालेर बेच्ने गर्दछन् । स्लेटको पर्याय बनेको आलम्पु गाउँका वासिन्दाहरु अहिले पनि विकट भिरबाट घरछाउने तथा भुईंमा छाप्न तथा गारोमा सजावटका लागि टाँस्न मिल्ने स्लेट निकाल्दछन् । तर गौरिशंकर संरक्षण क्षेत्र आयोजना भित्र खानी पर्ने भएकोले कानुनी झञ्जट उत्पन्न भएकोले खानी पूर्ण रुपमा संचालन हुन नसकेको स्थानीयहरुको गुनासो छ । खानी राम्रोसँग संचालन नभएका कारण गाउँका युवाहरु रोजगारीको खोजिमा विदेश जानेक्रम बढेको स्थानीय पंखलाल थामीको भनाई छ । अहिले खानीबाट सिमित रुपमा निकालिएका स्लेट बाहिर लैजान पनि गौरिशंकर संरक्षण क्षेत्रका कारण समयमा निकाशी पूर्जि नपाईएको स्थानीयहरुको दुःखेसो छ । खानी दर्ता प्रकृया अत्यन्तै झण्जटीलो रहेकोले २०१३ सालदेखि स्थानीयले परमपरागत रुपमा संचालन गरिरहेको आलम्पु ढुङ्गाखानी संचालन गर्न राज्यका सबैतहले सहज वातावरण बनाउन आवश्यक रहेको वडाध्यक्ष टहलबहादुर थामीको भनाई छ ।

Shares

Be the first to comment on "ढुङ्गा खानीको गाउँका छाना जस्तामय"

Leave a comment

Your email address will not be published.


*