सुन्तलाको जुस बनाउने तालिम सम्पन्न

(दीस) चरिकोट-दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा सुन्तलाको जुस बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्द्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत चार दिने जुस बनाउने तालिम बिहीबार सम्पन्न भएको हो । समापन समारोहमा पालिका अध्यक्ष हिरा थोकरले बिक्री गरी बाँकी रहेका सुन्तलाबाट अर्गानिक जुस उत्पादन गरी आयआर्जन गराउने उद्धेश्य लिइएको बताउनु भयो । जिल्लामा सुन्तला उत्पादनको प्रमुख केन्द्र रहेको पवटीलाई जुस उत्पादन क्षेत्रको पहिचान दिलाउने गरी तालिमको आयोजना गरिएको उहाँको भनाई थियो । उत्पादित सुन्तला बिक्री नभएको खण्डमा खेर जान नदिई जुस उत्पादन गर्न तालिमको महत्व रहेको उहाँले बताउनु भयो । तालिममा १० जना कृषकको सहभागिता रहेको थियो । उहाँहरुलाई लोकेन्द्र श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो । सहभागीहरुले तालिमबाट सिकेको सीप र ज्ञानलाई उपयोग गर्ने र अन्यलाई पनि सिकाउने बताएका छन् ।

Shares

Be the first to comment on "सुन्तलाको जुस बनाउने तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*