गौरीशंकर संरक्षण क्षेत्र आयोजना ‐जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्ने पर्यटकहरु बढेका हुन् ।
संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी दाहालले जैविक विविधता र प्राकृतिक सम्पदाहरुको रमाएर अवलोकन गर्न सकिने भएकोले पर्यटकीय गतिविधि बढेको बताउनु भयो । उहाँका अनुसार चालु वर्ष ४ सय १६ जना विदेशी पर्यटकले संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । भ्रमण गर्नेमा ३९ देशका पर्यटक रहेका छन् । जसमा सबैभन्दा बढी ७१ जना फ्रान्सका रहेका छन् । अमेरिकाका ४८, जर्मनका ४२, बेलायतका ३१, स्पेनका २८, अष्ट्रेलियाका २२ स्विजरल्यान्डका १७, क्यानडाका १४, जापनका ९ जना रहेका सूचना अधिकारी दाहालले बताउनु भयो । आन्तरिक पर्यटकको चहलपहल नियमित भइरहे पनि ती पर्यटकको तथ्याङ्क भने संरक्षण क्षेत्रले राख्दैन ।
गौरीशंकर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने हाल दुई वटा नगरपालिका र आठ वटा गाउँपालिकाका पूर्ण तथा आशिंक भागहरु मिलेर बनेको हो । यसंको पूर्वमा सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । गौरीशंकर संरक्षण भित्र पर्यटकको सुविधाको लागि ८२ वटा होम स्टे सञ्चालनमा रहेको छ । संरक्षण क्षेत्रले होमस्टे प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सूचना अधिकारी दाहालले बताउनु भयो ।
Be the first to comment on "जिक्यापमा बढ्दै विदेशी पर्यटक"