चरिकोट÷दोलखाको सदरमुकाम चरिकोटमा आधारभूत उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ । एसबी जर्मन, रिड नेपाल र गौरीशंकर सामुदायिक पुस्तकालयको साझेदारीमा संचालित “ सुदृढ जोखिम व्यवस्थापन तथा समावेशी आर्थिक(सामाजिक विकास मार्फत समुदायको उत्थानशिलता अभिवृद्धि“ परियोजना अन्तर्गत संचालित तालिम आइतवार समाप्त भएको हो । तालिम समापन समारोहलाई सम्बोधन गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले तालिमबाट आर्जन भएका सीप र ज्ञानको प्रयोग भएमा त्यसले ठुलो अर्थ राख्ने बताउनुभयो । कामप्रतिको विभेदकारी सोचाइ त्यागेर धर्य र लगनशील भई काममा लाग्न उहाँले आग्रह गर्नु भयो । समरोहमा पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतले पुस्तकालयप्रति समुदायको आकर्षण बढाउने उपाय स्वरूप विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको बताउनु भयो । पुस्तकालयलाई पढ्ने थलोको रुपमा मात्र लिने मानसिकता चिर्न गौरीशङ्कर सामुदायिक पुस्तकालय सफल भएको उहाँको दावी थियो । समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा पुस्तकालयले सहयोगीको भूमिका निर्वाह गरिरहेको अध्यक्ष बस्नेतको भनाई थियो ।
समारोहमा पुस्तकालयका उपाध्यक्ष होम पाठकले सीप र ज्ञानको प्रयोग गर्नु मानवीय जीवनको गरिमा रहेको उल्लेख गर्नुभयो । पुस्तकालयका सचिव नवराज न्यौपानेले उद्यम गर्न चाहनेलाई पुस्तकालयले सहयोग गर्ने बताउनुभयो । तालिममा करिब ४० जना भन्दा बढीको सहभागिता रहेको थियो । उहाँहरुलाई रेखा परियारले सहजीकरण गर्नु भएको थियो। समापन समारोहमा प्रशिक्षक परियारले सानो लगानीमा सुरु गरिएको उद्यमव्यवसायमा धैर्यता भए ठुलो प्रतिफल प्राप्त गर्न सकिने उल्लेख गर्नु भयो। तालिम दुई चरणमा सञ्चालन भएको थियो। सहभागीहरूले तालिमले उद्यमव्यवसाय ज्ञान र सिपसँगै उत्प्रेरणा प्रदान गरेको बताएका छन्।
Be the first to comment on "उद्यमशिलता तालिम सम्पन्न"