चरिकोट÷माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आयोजनाले आफ्नो पूँजि बृद्धिकोलागि हकप्रद शेयर निष्काशन गर्ने भएको हो । १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको आयोजनाले बताएको छ । प्रतिकित्ता सय रुपैयाँ पर्ने गरी सो परिमाणमा हकप्रद निष्काशन गर्न लागेको हो । शेयर विक्रीकोलागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई सहबिक्री प्रबन्धक नियुक्त गरिएको छ । स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्टिूय गौरवको आयोजना हो । पूर्ण क्षमतामा संचालन हुँदा ४५६ मेगावाट विद्युत उत्पादन हुने यो आयोजनाको निर्माण सम्पन्न भइ केन्द्रीय प्रसारण लाईनमा जोडिई सकेको छ । तर सुक्खा याममा पानीको अभाव हुने भएकोले पानीको अभाव कम गर्न निर्माण गर्नु पर्ने रोलवालिङ डाइभर्सनको काम भने गर्न बाँकी रहेको आयोजनाले बताएको छ । हकप्रद शेयर निश्काशन पछि आयोजनाको कामलाई अगाडि बढाउन मद्दत पुग्ने छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमा नैं निर्मित जलविद्युत आयोजना हो ।
हकप्रद सेयर निष्काशन गर्दै तामाकोसी आयोजना
Posted By: दीक्षण दैनिक ३ पुष २०७९, आईतवार १४:३२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "हकप्रद सेयर निष्काशन गर्दै तामाकोसी आयोजना"