चरिकोट÷दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविको ५२ औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रम तथा गतिविधिको अन्त्यमा शनिबार मुल समारोहका साथै अभिभावक भेला सम्पन्न गरिएको हो । समारोहको उद्घाटन भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतले गर्नु भएको थियो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाको तर्फबाट प्राथमिकताकासाथ काम भइरहेको बताउनुभयो । उहाँले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता सामुदायिक विद्यालयको हुनुपर्ने बताउनुभयो । व्यक्तिको जीवनशैली परिवर्तनसँगै समुदाय रुपान्तरणमा शिक्षाको भूमिका महत्त्वपूर्ण हुने उपप्रमुख बस्नेतको भनाई थियो । उहाँले विद्यार्थीको जीवनमा अनुशासन गहना रहेको उल्लेख गर्दै अनुशासित र लगनशील विद्यार्थी देशको भविष्य रहेको विचार व्यक्त गर्नुभयो । विद्यालयले घोकन्ते विधि त्यागेर गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनु भयो । समारोहमा विद्यालयका प्रधानाध्यापक नवराजप्रसाद न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा अध्यापन हुने हुँदा विद्यालय शैक्षिक दृष्टकोणले गुणस्तरीय र नमूना बन्दै गएको बताउनु भयो । उहाँले विद्यालयको गुणस्तरीयता कायम राख्नकालागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । समारोहमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिनु विभिन्न गतिविधिका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सात जनाले रक्तदान गरेका रेडक्रस सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनु भयो । कार्यतालिका अनुसार विद्यालयले रक्तदान गरेको हो ।
कालिञ्चोक माविको ५२ औँ वार्षिकोत्सव सम्पन्न
Posted By: दीक्षण दैनिक ३ पुष २०७९, आईतवार १४:०९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "कालिञ्चोक माविको ५२ औँ वार्षिकोत्सव सम्पन्न"