शिविरबाट १५४ जना कृषक लाभान्वित

दीक्षण समाचार
चरिकोट, मंसिर २५
दोलखाको शैलुङ गाउँपालिका-६ फस्कुमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट १ सय ५४ जना कृषक लाभान्वित भएका छन्।‌ भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शनिबार भएको शिविरबाट पालिकाका पशुपालक कृषकहरु लाभान्वित भएका हुन् । विज्ञ केन्द्रका डाक्टर पलट चौधरीले केन्द्रको बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुपन्छीको स्वास्थ्य परीक्षण, रोगको पहिचान तथा निदानका लागि शिविर आयोजना गरिएको बताउनु भयो। उहाँको अनुसार शिविरमा १ हजार ४ सय ३४ वटा पशुपन्छीको स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गरिएको छ । यसका साथै पशुपन्छीको उचित स्याहार र रोगबाट बचाउने उपाय सम्बन्धी किसानहरूलाई परामर्श पनि प्रदान गरिएको छ । शिविरमा १ हजार २ सय ५४ बाख्रा, १ सय १७ गाईभैँसी र ६३ वटा कुखुराको लागि किसानलाई औषधि प्रदान गरिएको केन्द्रका डाक्टर चौधरीले जानकारी दिनुभयो। शिविरबाट लाभान्वित भएपछि किसानहरू खुशी भएका छन् । गाउँगाउँमा कृषि सम्बन्धी समस्या वृद्धि हुन थालेकोले त्यसको पहिचान गरी निवारणमा भरपुर सहयोग गर्न किसानहरूले माग गरेका छन् ।

Shares

Be the first to comment on "शिविरबाट १५४ जना कृषक लाभान्वित"

Leave a comment

Your email address will not be published.


*