भीमेश्वर नगरपालिकाले आज देखी फोहोर संकलन गर्ने

चरिकोट÷ भीमेश्वर नगरपालिकाले आजदेखि बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने भएको छ । डम्पिङ साइडको बिवादका कारण केही दिन देखी नउठेको फोहार आज देखी नगरले फोहोर संकलन तथा व्यवस्थापन सुरु गर्ने भएको हो ।
नगर प्रमुख ईश्वरनारायण मानन्धरले ल्यान्डफिड साइडको अभावले फोहोर संकलनमा समस्या भएको बताउँदै अबदेखि संकलन कार्य नियमित हुने बताउनु भयो । संकलित फोहोर तत्कालकालागि अस्थायी ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गरिने उहाँको भनाइ छ । फोहोर संकलनका साथै रोकिएको सरसफाई अभियान पुनः सुचारु हुने उहाँले बताउनुभयो ।
नगरप्रमुख मानन्धरले फोहोर संकलन कार्य रोकिँदा आक्रोशित हुने नागरिकले फोहोर वर्गीकरण गरी संकलन गर्ने गाडीलाई दिन आग्रह गर्नुभयो । उहाँले चरिकोट बजारको सौन्दर्यता र स्वच्छता कायम राख्न सबैको जिम्मेवारी रहने बताउनुभयो ।
फोहोर ब्यवस्थापनकोलागि भीमेश्वर नगरपालिका वडा नम्बर ६ को रामकोटमा ल्याण्डफिल्ड साइट निर्माणाधीन अवस्थामा रहेको छ । तर दुई बर्ष बितिसक्दा पनि त्यसले पूर्णता नपाउँदा फोहोर व्यवस्थापनमा समस्या भएको नगरप्रमुख मानन्धरले बताउनु भयो । वडा ल्यान्डफिल्ड साइट निर्माण भइरहेको भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नविन लामाले अबको दुई महिनाभित्र स्थायी ल्याण्डफिल्ड साइट निर्माण सम्पन्न हुने बताउनु भयो। उहाँका अनुसार अहिले उपकरण खरीद व्यवस्थापन र कम्पाउन्ड वाल निर्माणको कार्य भइरहेको छ । ल्याण्डफिल्ड निर्माणमा दुई करोड बढी खर्च हुने उहाँको भनाई छ । उहाँले ल्याण्डफिल्ड साइट निर्माण भएपछि दीर्घकालिन रुपमा फोहोर ब्यवस्थापनको समस्या समाधान हुने बताउनु भयो  । तर नगरपालिकाका पदाधिकारीले जे भने पनि फोहोरमा दोलखामा पनि राजनीति सुरु भएको भन्ने सदरमुकाम चरिकोट वासीको बुझाई छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले आज देखी फोहोर संकलन गर्ने"

Leave a comment

Your email address will not be published.


*