दोलखामा एक सय पाँच सिंचाइ तथा नदी नियन्त्रण आयोजना सञ्चालन गर्ने

चरिकोट (दीस )ः जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाले एक सय ५ वटा सिंचाइ तथा नदी नियन्त्रण आयोजना सञ्चालन गर्ने भएको छ । कार्यालयले संघ तथा प्रदेशको स्वीकृत बजेटका आधारमा चालु वर्ष एक सय ५ वटा आयोजना छनौट गरेको हो । निमित्त डिभिजन प्रमुख, ईन्जिनियर कुश बुढाथोकीले आयोजना सञ्चालनका लागि ४३ करोड रुपैयाँ विनियोजन भएको बताउनु भयो । उहाँका अनुसार संघको बजेटबाट पाँच वटा शिर्षकमा आयोजना सञ्चालन भइरहेको छ । जसमा नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजना अन्तर्गत ६ वटा, नदी नियन्त्रण आयोजनामा ६ वटा, मर्मत सम्भार आयोजनामा पाँच, मझौला सिंचाइ आयोजना सात र एकीकृत उर्जा तथा सिंचाई आयोजना अन्तर्गत १० वटा आयोजना सञ्चालन भईरहेको छ । यस्तै प्रदेशको बजेटबाट सिंचाइ र नदी नियन्त्रण आयोजना अन्तर्गत ७१ वटा आयोजना सञ्चालन हुने छ ।

Shares

Be the first to comment on "दोलखामा एक सय पाँच सिंचाइ तथा नदी नियन्त्रण आयोजना सञ्चालन गर्ने"

Leave a comment

Your email address will not be published.


*