चरिकोट(दीस)ःनेकपा एमालेले अन्तरघातिलाई कारवाही गर्ने भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्ताहरुलाई एमालेले कारवाही गर्ने भएको हो ।एमालेको जिल्ला कमिटी बैठकले निर्वाचनमा पार्टीका केही नेता कार्यकर्ताहरुले अन्र्तघात गरेको भन्दै उनीहरुमाथि कारवार्ही प्रक्रिया अघि बढाउने निर्णय गरेको बताइएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्र नम्बर एकमा पराजय व्यहारेपछि एमालेको जिल्ला कमिटी बैठक बसेको थियो । बैठकपछि नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा निर्वाचनमा केही नेता कार्यकर्ताले गठबन्धनको पक्षमा मतदान गरी अन्तर्घात गरेको देखिएकोले निजहरुलाई कारवाहीको प्रकृया अघि बढाइने तथा निर्वाचनका बेला बुथ कब्जालाई सहयोग गर्ने प्रहरी प्रशासन तथा कर्मचारीको अभिलेख तयार गरि कारवाहीका लागि आवश्यक कदम चाल्ने समेत उल्लेख गरिएको छ ।
Be the first to comment on "दोलखा एमालेले अन्तरघातीलाई कारवाही गर्ने"